फ्रान्समा कोरोना संक्रमण तीव्र भएपछि रात्रिकालीन कर्फ्युलाई अझ कडा पारिएको छ।
बीबीसीका अनुसार स्थानीय समयअनुसार कर्फ्यु शनिबारदेखि साँझ ६ बजेबाटै लागू गरिने भएको हो। अहिले कर्फ्युको समय राति ८ बजेदेखि बिहान ६ बजेसम्म तोकिएको छ।
फ्रान्सका प्रधानमन्त्री जिन क्यासटेक्सले अब शनिबारदेखि साँझ ६ बजेदेखि नै कर्फ्यु लगाइने र यो १५ दिनसम्म जारी रहने बताएका छन्।

प्रतिक्रिया