चोरीको मोटरसाइकलको नम्बर परिवर्तन गरेर चलाउने एक जना पक्राउ परेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट खटिएको ट्राफिक प्रहरी टोलीले आइतबार बालाजु बाइसधारास्थित सडक खण्डबाट चोरीको मोटरसाइकलसहित १ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका– ६ का २८ वर्षीय अनिल तामाङले रहेका छन्। उनले बास्तविक नम्वर प्लेट परिवर्तन गरी बा ६५ प २३६६ नम्वर प्रयोग गरी चलाई चलाइरहेको अवस्थामा पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।
रामेछापको खाँडादेवी गाउँपालिका–१,का कुल बहादुर श्रेष्ठ बा६३प २६६ नम्वरको पल्सर मोटर साइकल काठमाडौँ रामकोटस्थित सडक खण्डबाट हराएको थियो। पीडितको उजुरीका आधारमा खोजतलास गर्दा नम्बर परिवर्तन गरेर चलाएको पाइएको हो।
पक्राउ परेका तामाङलाई मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भू पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए।
आर्थिक वर्ष २०७७र७८ मा चोरीमा संलग्न ३१ जना मनिस र १९ मोटरसाइकललाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी ११७ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया