नर्वेमा हालै कोरोना खोप लगाएका २९ जनाको मृत्यु भयो। जसको उमेर ७५ वर्षदेखि माथि थियो। यसले बहस सुरु गराएको छ– विश्वका वृद्ध उमेरका मानिसलाई कोरोनाविरुद्ध खोप लगाउने नीति बदल्नुपर्ला? फाइजर कम्पनीले बनाएको खोपले वृद्ध उमेरका मानिसको मृत्यु गराउँछ? अरू देशमा पनि यस्तो समस्या देखिएको छ?
नर्वेमा कहिले सुरु भयो खोप अभियान?
नर्वेमा गत डिसेम्बर २७ मा खोप लगाउने अभियान सुरु गरिएको थियो। अहिलेसम्म २५ हजार जनाभन्दा बढीलाई खोप लगाइसकिएको छ। नर्वेमा फाइजर कम्पनीको खोपलाई मात्र अनुमति दिइएको छ र यसको प्रयोग वृद्ध उमेरका मानिसमा भइरहेको छ। यो खोप अमेरिका, बेलायत र युरोपका धेरै देशमा प्रयाेग भइरहेकाे छ। ती देशमा पनि यो खोप लगाएका व्यक्तिमा गम्भीर साइडइफेक्ट देखिएका छन्।
कुन उमेरका वृद्धका लागि खतरा?
७५ वर्षका व्यक्तिका लागि। खोप अभियानको सुरुवाती दिनमा २३ वृद्धको मृत्यु भयो, जसको उमेर ८० वा यसभन्दा माथि थियो। शनिबार थप ६ जनको मृत्यु भयो। यसपछि भनिन्छ कि ७५ वर्षका व्यक्ति पनि डेन्जर जोनमा छन्। यसले धेरै प्रश्न खडा गरेको छ।
खोपकै कारण मृत्यु भएको हो?
हो। नर्वेको मेडिसिन एजेन्सी (एनएमए) का अनुसार धेरैजसो मानिसको मृत्यु खोपको साइडइफेक्टका कारण भएको हो। तीमध्ये १३ जनाको मृत्युबारे अहिले अनुसन्धान भइरहेको छ। यस्तै अन्य १६ मृतकबारे पनि अनुसन्धान भइरहेको छ। जुन व्यक्तिको मृत्यु भयो, उनीहरूमध्ये धेरैजसोमा गम्भीर बेसिक डिसअर्डर थियो। धेरैजसोलाई उल्टी, ज्वरो, खोप लगाइएको स्थानमा रिएक्सन र पुरानो समस्या बढ्नेजस्ता साइडइफेक्ट देखिएका थिए।
नर्वेस्थित इन्स्टिच्युट अफ पब्लिक हेल्थ (एनआईपीएच) का अनुसार जुन व्यक्तिको बाँच्ने उमेर धेरै बाँकी छैन, उनीहरूका लागि खोपले एकदमै कम काम गर्छ वा गर्दै गर्दैन। जुन व्यक्तिमा सिरियस डिसअर्डर छ, उसका लागि सामान्य साइडइफेक्ट पनि मृत्युको कारण बन्न सक्छ।
खोप निर्माता कम्पनीले के भन्यो?
नर्वेमा प्रयोग भइरहेको खोप बनाउने कम्पनी फाइजरले आफूले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर उक्त मृत्युबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ। तर अहिलेसम्म त्यस्तो अप्रत्याशित तथ्य बाहिर आएको छैन। एनआईपीएचले पनि आफ्नो अनुसन्धानमा यस्तो मृत्यु भयावह नदेखिएको बताएको छ। यसैकारण खोप युवा र स्वस्थ व्यक्तिमा लगाउने क्रम जारी राखिएको जनाएको छ।
यो व्यक्तिको स्वास्थ्य सुरक्षाका लागि गम्भीर चिन्ताको विषय हो?
होइन। आम खोप अभियानमा मानिसलाई ठूलो संख्यामा खोप दिइन्छ। सामान्य सिद्धान्त भन्छ : यस्तोमा केही न केही समस्या देखापर्छन् नै, जसमा गम्भीर साइडइफेक्टदेखि मृत्युसम्म पनि पर्छन्। नर्वेको नियामक एवं स्वास्थ्य अधिकारी यसलाई गम्भीर विषय ठान्दैनन्।
नियामक एवं स्वास्थ्य एजेन्सीका मेडिकल डाइरेक्टर स्टेनर मेडसन भन्छन्, ‘यसबाट कुनै चिन्ता छैन। यो स्पष्ट भइसकेको छ कि खोपका कारण हुने जोखिम एकदमै कम छ। धेरै रोग भएका वृद्ध उमेरका मानिसका लागि निश्चय पनि यो घातक साबित भइरहेको छ।’
नर्वेमा खोप प्रयोगमा कुनै परिवर्तन गरियो कि?
हो। नर्वेका अधिकारीले यसको जिम्मा डाक्टरलाई दिएका छन् कि कसलाई खोप लगाउने कसलाई नलगाउने? अर्थात् अब डाक्टरले यसबारे मसिनोसँग अनुसन्धान गर्छन्। अनि वृद्धलाई पनि खोप लगाउन ठीक हुन्छ भन्ने स्पष्ट भएपछि उनीहरूले लगाइदिन्छन्। धेरै वृद्ध वा बिरामी व्यक्तिलाई खोप मृत्युको कारक बन्न सक्छ। नर्वेमा जारी यो चेतावनी कुनै पनि देशमा गरिएको पहिलो किसिमको चेतावनी हो।
भारतमा पनि खोप लगाएका व्यक्तिमा साइडइफेक्ट देखिएको छ?
हो। भारतमा आइतबारसम्म २ लाख २४ हजार जनालाई खोप लगाइसकिएको छ। तीमध्ये जम्मा ४४७ जनामा साइडइफेक्ट देखिएको छ। तीमध्ये ३ जनालाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आयो। तीमध्ये पनि २ जना त डिस्चार्ज भइसकेका छन्।
अमेरिकामा पनि यस्तो समस्या देखिएको छ कि?
हो। न्युयोर्क टाइम्समा प्रकाशित खबरअनुसार फ्लोरिडामा कोरोना खोप लगाएका ५६ वर्षीय चिकित्सकको मृत्यु भयो। यसपछि फाइजरले यस विषयमा आफूले स्वास्थ्य अधिकारीको सहयोगमा अनुसन्धान गरिरहेको जनाएको छ। साथै उसले खोपसँग मृत्युको सम्बन्ध रहेको कुरा इन्कार गरेको छ।
युरोपियन मेडिसिन्स एजेन्सीले युरोपियन संघमा मेडिकल प्रोडक्ट्सको आकलन गर्छ। त्यसपछि निगरानी पनि गर्छ। उसले भनेको छ : युरोपियन संघमा सप्लाई गर्ने कम्पनीको प्रोडक्ट्सको हरेक महिना समीक्षा हुन्छ। फाइजरको खोपको समीक्षा आगामी हप्ता भयो भने निश्चित रूपमा नर्वेमा भएको मृत्यु पनि एउटा विषय बन्छ। एजेन्सी
Shares

प्रतिक्रिया