समाज


स्तनपान गराइरहेका वा गर्भवतीले पनि कोरोना खोप लगाउनु बुद्धिमानी हुन्छ : डा. सुवेदी

स्तनपान गराइरहेका वा गर्भवतीले पनि कोरोना खोप लगाउनु बुद्धिमानी हुन्छ : डा. सुवेदी

नेपालखबर
माघ १७, २०७७ शनिबार ३:१५,

संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले स्तपान गराइरहेका वा गर्भवतीले पनि कोरोनाविरुद्धको खोप लगाउनु बुद्धिमानी हुने बताएका छन्।

यही माघ १४ गतेदेखि देशभर कोरोनाविरुद्ध खोप लगाउने क्रम चलिरहेको छ। तर १८ वर्षका मुनिका व्यक्ति तथा स्तनपान गराइरहेका वा गर्भवतीले यो खोप लगाउन नहुने मान्यता छ।

तर डा. सुवेदीले स्तनपान गराइरहेका वा गर्भवतीले पनि खोप लगाउन हुने मात्र होइन, लगाउनैपर्ने दाबी गरेका हुन्।

उनका अनुसार खोपको ट्रायल (परीक्षण) मा गर्भवती वा बच्चालाई दूध चुसाइरहेका महिलालाई सहभागी त गराइएको थिएन तर गर्भवती वा गर्भमा रहेको भ्रुण वा दूध खाइरहेका शिशुलाई खोपले हानि हुने बायोलजिकल कारण अहिलेसम्म कुनै पनि अध्ययनले देखाएको छैन।

उनी भन्छन्, ‘पश्चिमा मुलुकमा यी समूहमा खोप लिन चाहनेहरूलाई दिइरहिएको छ र हालसम्म कुनै समस्या आएको रिपोर्ट आएको छैन।’

डा. सुवेदीका अनुसार त्यहाँका प्रसूति र बालरोग विशेषज्ञका संस्थाले पनि खोप लगाउन सिफारिस गरेका छन्।

‘यो (कोरोना संक्रमण) रोग लाग्यो भने कति भयावह हुन सक्छ, हामीले देखेकै छौं। गर्भवती महिलालाई संक्रमण भए कडा रोग लाग्ने जोखिम झन् बढी छ,’ डा. सुवेदी भन्छन्, ‘त्यसैले स्तनपान गराउने वा गर्भवती महिलाले पनि खोप लगाउनु बुद्धिमानी हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad