कीर्तिमानी धावक ओलम्पियन वैकुण्ठ मानन्धरलाई पत्नीशोक परेको छ।
मानन्धरकी पत्नी शुभन्द्रा मानन्धरको ६८ वर्षको उमेरमा बुधबार राति स्टार अस्पतालमा निधन भएको परिवारिक सदस्यले बताएका छन्।
निमोयिनाबाट पीडित तुलाधरलाई झन्डै २ साताअघि अस्पताल भर्ना गरिएको थियो। उनको बिहीबार टेकु दोभानमा अन्तिम संस्कार गरिएको छ।
चार पटक ओलम्पिकमा सहभागी भैसकेका मानन्धर दक्षिण एसियाली खेलकुद (साग) का तीन पटकका स्वर्ण पदक विजेता समेत हुन्।
वैकुण्ठ मानन्धरले म्याराथनमा राखेको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान कुनै खेलाडीले तोड्न सकेका छैनन्। मानन्धरले सन् १९८७ मा भारतको कोलकातामा भएको सागमा कीर्तिमान राखेका थिए।

प्रतिक्रिया