समाज


आजदेखि मौसम सफा हुने संकेत

आजदेखि मौसम सफा हुने संकेत

नेपालखबर
माघ २५, २०७७ आइतबार ०:५१,

आज (आइतबार) देखि मौसम सफा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहे पनि कम्तीमा ३ दिनसम्म वर्षा र हिमपातको सम्भावना नदेखिएको हो।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ को पहाडी भेगमा आंशिक बदली हुनेछ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति प्रदेश १ को पहाडी तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली हुनेछ भने बाँकी ठाउँमा मौसम सामान्यतया सामान्य रहनेछ।

महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी २ दिनको मौसम अनुमान यस्तो छ :

माघ २६ गते सोमबार
दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

राती : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

माघ २७ गते मंगलबार
दिउँसो : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

राती : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
चिसो अझै रहिरहने तथा तराईका भूभागमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad