पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका वडा नं ६ खयरघारीमा गए राति भएको दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ।
काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लु१ख ४९६६ नंको ट्रकले पैदलयात्री भारतीय नागरिक पश्चिम चम्पारनका ४० वर्षीय सत्यनारायण दासलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भोलामानसिंह अधिकारीले जानकारी दिए।
दुर्घटनापछि घाइते भएका दासको धार्केस्थित शिवदर्शन अस्पतालमामा उपचारपछि थप उपचारका लागि नेसनल अस्पताल कलंकी काठमाडौँमा लगिएकोमा उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको थियो। दुर्घटना गराउने सवारीसाधन र सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ। रासस

प्रतिक्रिया