समाज


काठमाडौँ-निजगढ द्रुत मार्गमा पर्ने ६.७ किमी सुरुङ र पुलको बोलपत्र आह्वान

काठमाडौँ-निजगढ  द्रुत मार्गमा पर्ने ६.७ किमी सुरुङ र पुलको बोलपत्र आह्वान

नेपालखबर
फागुन ९, २०७७ आइतबार २:३८,

काठमाडौँ-निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) को सुरुङ मार्ग र अग्ला पुल (हाइब्रिज) निर्माणका लागि बोलपत्र आह्वान भएको छ।

द्रुत मार्गको जटिल कामको रूपमा लिइएको सुरुङ मार्ग तथा हाइब्रिज (मोटरेवल पुल) निर्माणका लागि बोलपत्र आह्वान गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

द्रुत मार्ग आयोजनाको प्रमुख संरचनाका रूपमा रहेका सुरुङ मार्गहरूको निर्माण अबको तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सेनाले लिएको छ।

द्रुत मार्गमा ६.७ किलोमिटर सुरुङ मार्ग पर्छ। जसलाई तीन खण्डमा विभाजन गरेर बोलपत्र आह्वान गरिएको हो। त्यसैगरी हाइब्रिज निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरिएको सेनाले जनाएको छ।

द्रुत मार्गमा पर्ने महादेवडाँडा, सिम्पानी, लेनडाँडामा सुरुङ र हाइब्रिज निर्माण गरिने छ। महादेवडाँडा खण्डमा सुरुङ मार्ग र हाइब्रिजको कुल लम्बाइ ३.३०० किलोमिटर छ। त्यसैगरी धेद्रेको सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७० किलोमिटर र लेनडाँडाको घट्टेपाखादेखि बाँदरेखोल्सीसम्मको सुरुङमार्ग तथा हाइब्रिजको लम्बाई १.४०० किलोमिटर छ।

नेपाली सेनाले निर्माण जिम्मा पाएको काठमाडौं–तराई मधेस द्रुतमार्गको दूरी ७२ किमी छ। जसमा तीनवटा सुरुङ बन्ने छन् भने ८७ वटा पुल रहने आयोजनाले जनाएको छ। पुलको दूरी मात्रै १० दशमलव ५९ किलोमिटर हुनेछ।

सरकारले २०७४ साउनमा नेपाली सेनालाई निर्माणको जिम्मा दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad