समाज


मोरङका प्रविन बाँस्तोलाको हत्याबारे प्रहरीले भन्यो– अनुसन्धान जारी छ, दोषी भेटिए प्रहरीमाथि पनि कारबाही हुन्छ

मोरङका प्रविन बाँस्तोलाको हत्याबारे प्रहरीले भन्यो– अनुसन्धान जारी छ, दोषी भेटिए प्रहरीमाथि पनि कारबाही हुन्छ

नेपालखबर
फागुन १०, २०७७ सोमबार ८:३१,

नेपाल प्रहरीले गत पुस ५ मा मोरङ उर्लाबारी नगरपालिका ५ का ३१ वर्षीय प्रविन बाँस्तोलाको हत्याबारे अझै छानबिन जारी रहेको बताएको छ।

मृतकका परिवारले उक्त हत्याको अनुसन्धानको बारेमा आइतबार सवाल उठाएपछि आज एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले यसको सत्यतथ्या छानबिन गर्ने प्रतिबद्धता दोहो¥याएको हो।

अनसन्धान कार्यमा घटनाको तथ्यमा तात्विक फरक पर्ने गरी प्रमाण संकलन गरेको र कसुरदारलाई उन्मुक्ति दिने गरी गैरव्यावसायिक अनुसन्धान कार्य गरेको पाइएमा अनुसन्धानमै खटिएका प्रहरीलाई समेत कारबाही गर्ने जिप्रका मोरङले जनाएको छ।

उक्त हत्याबारे जिप्रका मोरङमा कार्यरत प्रहरी नायब उपरीक्षक मानबहादुर राईको संयोजकत्वमा आइतबार छानबिन समिति समेत गठन गरेको छ। उक्त घटनाबारे अनुसन्धान गर्न माग गर्दै पुस ९ गते ज्यानसम्बन्धी कसुरमा कसुर दर्ता किताबमा ६७ नम्बरमा जाहेरी दर्ता भएको थियो। मृतकका बुबा प्रेम प्रसाद बाँस्तोलाले कर्तव्य ज्यानसम्बन्धी कसुरमा मोरङ उर्लाबारी ६ कै ३१ वर्षीय राजेश रणपहेली समेत प्रतिवादी कायम गरी पुस २२ गते जाहेरी दिएका थिए।

त्यसपछि प्रहरीले प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान गरे पनि तत्काल शव परीक्षण प्रतिवेदन र फरेन्सिक प्रतिवेदन उपलब्ध नभएको भन्दै २५ दिन थुनामा राखेर माघ २ गते जिम्मा जमानीमा उपस्थित हुने गरी छोडेको थियो।

परिवारले भने अनुसन्धानमा प्रश्न उठाउँदै आएको थियो। त्यसपछि फागुन ९ गते अर्थात् हिजो मात्र छानबिन समिति बनाएको छ।

May be an image of text

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad