सिरहामा घरको आँगनबाटै वेपत्ता बनाई भारतबाट उद्धार गरिएका दुईवर्षीय बालक प्रियान्सुलाई आफ्नै काकाले अपहरण गरेको प्रहरीले जनाएको छ।
बालक प्रियान्सुको नातामा काका पर्ने कुलदीप यादव र सिरहा नगरपालिका १५ सुखचैना २३ वर्षीय भरोसी यादवको संलग्नता रहेको प्रहरीको भनाइ छ।
दुबैजनालाई जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको हो।
काका भरोसीकै योजनामा बालकको अपहरण गरी भारत लगेको अनुसन्धानबाट खुलेको सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले बताए।
दुबैजनालाई आइतबार जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ७ दिनको म्याद थपी अनुसन्धान भइरहेको उनले जानकारी दिए।

गएको माघ २० गते राति साढे ८ बजे आफ्नै घरको बरण्डाबाट सिरहा नगरपालिका–१ डुम्बाखाता बस्ने प्रदिप यादवका २ वर्षीय छोरा प्रियांसुको अपहरण भएको थियो।
खोजतलासको क्रममा घरबाट १८ किलोमिटर टाढा भारतको जिल्ला मधुवनी खाजेडी भन्ने गाँउबाट भारतीय प्रहरीको सहयोगमा बालक प्रियान्सुलाई सिरहा प्रहरीले सकुशल उद्धार गरेको थियो। सोे स्थान नेपाल भारत सीमाबाट ७ किलोमिटर भारततर्फ पर्छ।
सिरहा प्रहरीले सोहि दिन राति आमा संगिता कुमारी यादवलाई बालक प्रियान्सुलाई जिम्मा लगाइएको थियो।
यो पनि:
घरको आँगनबाटै बेपत्ता भएका सिरहाका दुई वर्षीय बालक भारतमा भेटिए
Shares

प्रतिक्रिया