महानगरीय प्रहरी वृत्त थानकोटले नागढुंगा चेकप्वाइन्टबाट ठूलो परिमाणमा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले रौतहट बौधीमाई नगरपालिका ३ का १९ वर्षीय विवेक महतोलाई पक्राउ गरेको हो।
उनलाई रौतहटबाट काठमाडौं आउँदै गरेको ना६ख ७१९४ नम्बरको यात्रुवाहक बसबाट प्रहरीले पक्राउ गरेको हो।
महतोको साथबाट नाइट्राभेट १० लेखिएको ३ हजार ट्याब्लेट, डाइजेपाम ३ सय एम्पल, फेनरागन ३ सय एम्पल र नुफिन ३ सय एम्पल गरी ३ हजार ट्याब्लेट र ९ सय एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरिएको छ।
उनीविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया