समाज


भारतबाट अवैधरुपमा ल्याउँदै गरेको औषधिसहित एक पक्राउ

भारतबाट अवैधरुपमा ल्याउँदै गरेको औषधिसहित एक पक्राउ

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार १०:५७,

सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित भन्सार गेटबाट सशस्त्र प्रहरी टोलीले करीब ५० हजार रुपैयाँ बराबरको अवैध औषधिसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ९ धारापानी बस्ने ४२ वर्षीय अब्जल मनसुर छन्। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले निज मनसुरलाई उल्लेखित औषधिसहित पक्राउ गरेको हो।

प्रदेश नं. २–०२२०११ प ४६४९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज मनसुरलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उक्त औषधि फेला परेपछि पक्राउ गरिएको हो।

एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ।

पक्राउ परेका मनसुरलाई बरामद औषधि र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाइएको छ। बरामद मोटरसाइकलको भन्सार दाखिला मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको छ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
यता, धनुषा जिल्लाको नगराईन नगरपालिका २ स्थित सीमा ईलाकाबाट फागुन १३ गते एपीएफ टोलीले करीब १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा भाँडावर्तन बरामद गरेको छ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad