समाज


वाणिज्य विभागका तीन कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

वाणिज्य विभागका तीन कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

नेपालखबर
फागुन १६, २०७७ आइतबार १३:३८,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा नरेन्द्र चन्दसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

चन्दले सेवाग्राहीलाई फर्म दर्ता प्रमाणपत्र लिनका लागि लेखपढी काम गर्ने रामबाबु दाहाललाई भेट्नु भन्दै रु आठ हजार घुस दिन लगाएको पाइएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगले अर्जुन सुवेदी, नरेन्द्रबहादुर चन्द र रामबाबु दाहालविरुद्ध नै समान बिगो कायम गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले सप्तरी, कञ्चनरुप नगरपालिका–४ नापी कार्यालयका निमित्त कार्यालय प्रमुख हरिचन्दर ठाकुर र लेखनदास अरुणकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सेवाग्राहीको जग्गा कित्ताकाट गर्ने कामका लागि रु १५ हजार घुस लिएको आरोप लागेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad