समाज


उर्लाबारी घटनामा छानविन समितिको प्रतिवेदन : त्रुटिवश फोटो फरक पर्न गएको निष्कर्ष

उर्लाबारी घटनामा छानविन समितिको प्रतिवेदन : त्रुटिवश फोटो फरक पर्न गएको निष्कर्ष

नेपालखबर
फागुन १७, २०७७ सोमबार ८:२५,

मोरङको उर्लाबारी–५ का प्रविण बाँस्तोला हत्याका विषयमा अनुसन्धानका क्रममा सामान्य त्रुटि भएको छानविन समितिले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईको नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाउँदै उक्त मुद्दाको फाइलमा एउटा फोटो फरक पर्न गएको निस्कर्ष निकालेको हो।

उक्त घटनाको मिसिलमा अर्कै व्यक्तिको फोटो देखेपछि प्रहरीलाई अनुसन्धान प्रभावित गर्न खोजेको भन्दै पीडित परिवारले आन्दोलन गरेका थिए। पीडितको आन्दोलनपछि प्रहरीले थप छानविन गरेको थियो।

प्रविणको मिसिलमा फरक ब्यक्तिको फोटो परेको र यो मानवीय त्रुटी भएको समितिको निस्कर्ष छ।

पुस ५ गते प्रहरीले उक्त घटनाको अनुसन्धानको क्रममा अर्का व्यक्तिको पनि करेन्ट लागेर मृत्यु भएको र प्रविणको मिसिलको एक ठाउँमा ती व्यक्तिको फोटो पर्न गएको समितिले जनाएको छ।

मृतककी बहिनी सदिक्षा बाँस्तोलाले प्रहरीले अनुसन्धानमा गम्भीर लापरबाही गरेको आरोप लगाएकी थिइन्।

ईलाका प्रहरी कार्यालय उर्लाबारीले उक्त घटनाको अनुसन्धान गरेको थियो। तर त्यसबारे प्रश्न उठेपछि अनुसन्धान अधिकृतले गलत फोटो हटाएर मिसिल पेश गरेको मोरङका एसपी सन्तोष खड्काले बताए।

पुस ४ गते साथीको डेरामा सुतेका प्रविणको राती हत्या भएको थियो। मदिरा पिएका बाँस्तोलाको नाक र मुख थुनेर हत्या गरिएको प्रहरीको निष्कर्ष छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad