लखनउका गायत्रिनगर निवासी दर्जी मोहम्मद रफिकले २५ वर्षकी श्रीमती अफसानाको हत्या गरेका हुन्।
आफ्नी श्रीमतीलाई प्रेमीसँग हात समाएर हिँडेको देखेपछि मोहम्मदले चक्कुले हानेर अफसानाको हत्या गरेको लाइभ हिन्दुस्तानले जनाएको छ।
श्रीमतीको हत्या गरेपछि उनी भाग्न खोजेका थिए। तर स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।
प्रहरीसँग उनले श्रीमती परपुरुषसँग लागेको बयान दिएका थिए। हाल उनीसँग बाँकी विषयमा अनुसन्धान भइरहेको छ। लाइभ हिन्दुस्तान

प्रतिक्रिया