ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भएको छ।
मंगलबार बिहानबाट सुरु भएको आगलागी मध्यान्ह साढे १२ बजेसम्म पनि नियन्त्रणमा नआएको गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बुले जानकारी दिए।
उनले दोभान बजारमा रहेका ६० प्रतिशत घर आगलागीबाट जलेर नष्ट भएको बताए।
‘अहिले गन्ने अवस्था छैन, ४० भन्दा बढी घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्’, नेपालखबरसँग कुरा गर्दै अध्यक्ष लिम्बुले भने।
उनले आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो मात्रामा भौतिक क्षति भएको बताए।

आगलागी नियन्त्रणबाहिर गएपछि जेसिबीको प्रयोग गरेर केही घर भत्काएर अग्नि नियन्त्रण रेखा कोर्ने काम गरिएको अध्यक्ष लिम्बुले जानकारी दिए।
‘आगलागी रोक्नका लागि ३ जेसीबीको प्रयोग गरेर केही घर भत्काएर अग्नि नियन्त्रण रेखा कोर्ने काम गरिएको छ’, उनले भने, ‘त्यसपछि आगो नियन्त्रणउन्मुख भएको हो। अब चाहिँ नियन्त्रणमा आउछ कि भन्ने लागेको छ।
उनले आगो नियन्त्रका लागि ताप्लेजुङ सदरमुकाम र छिमेकी जिल्ला पाँचथरदेखि पनि दमकल ल्याइएको जानकारी दिए।

Shares

प्रतिक्रिया