समाज


नारायणगढ-मुग्लिन सडक एक हप्ता दिउँसो बन्द हुने

नारायणगढ-मुग्लिन सडक एक हप्ता दिउँसो बन्द हुने

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार १३:२५,

पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ। फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो।

नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ।

सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनीयर सविना रानाभाटले जानकारी दिए। उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताए।

यही असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिए। सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ।

सो अवधिमा नारायणगढतर्फबाट गएका सवारीसाधनलाई जलबिरेमा र मुग्लिन तर्फबाट आएका सवारीसाधनलाई शान्ति बजारमा रोकिने छ। उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad