कर्णाली नदीमा सोमबारदेखि बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ।
एकै परिवारका पाँचजना बेपत्ता भएकोमा ४ जनाको शव फेला परिसकेको दैलेखका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए।
उनका अनुसार मंगलबार दैलेखको आठबीस नगरपालिका ३ की ३५ वर्षीया सुकी बडुवाल र उनका १० वर्षीय छोरा ललितको शव भेटिएको हो।
सोमबार दिउँसो सुकी तीन छोरी र एक छोरासहित कर्णालीमा बेपत्ता भएकी थिइन्। दुई छोरी १६ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव सोमबार साँझ फेला परेको थियो। ५ वर्षीया छोरी रजनी अझै बेपत्ता छन्।
उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। सुकीका श्रीमान मानसिंह बडुवाललाई नियन्त्रणमा लिएर प्रहरीले सोधिखोजी गरिरहेको छ।

प्रतिक्रिया