मेयर्स कप क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले नेपाल एपीएफ क्लवसामु २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डीङ रोजेपछि ब्याटिङ गरेको वाग्मती प्रदेशले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३३ रनको योगफल तयार पारेको हो।
वाग्मती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले ५७ रनको योगदान दिए। ८४ बलको सामना गरेका कप्तान मल्लले ७ चौका हाने।
नन्दन यादव ६० रनमा नटआउट रहे। यादवले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे। सोनु देवकोटा ५ रनमा नटआउट रहे।
आदिल खान ३४, इसान पाण्डे ३१, पारस खड्का २९ रनमा पवेलियन फर्के। पृथु बास्कोटा ५, आकाश थापाले १ रन जोडे।
नेपाल एपीएफ क्लवका अमर राउटेला र किशोर महतोले समान २ विकेट लिए। वसन्त रेग्मी र अविनास बोहोरोले एक एक विकेट झारे।

प्रतिक्रिया