भारतका ठूला उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ हालिएको स्कार्पियो गाडी फेला परेको घटनामा ठूलो खुलासा भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटक पदार्थ जिलेटिन र अम्बानीको परिवारै मारिदिने चेतावनी दिइएको पत्रसहितको त्यो स्कार्पियो त्यहाँ छाडेर कुनै व्यक्ति जुन गाडीमा फरार भएका थिए, त्यो गाडी मुम्बई अपराध शाखाकै रहेको पत्ता लागेको हो।
मिडिया रिपोर्टका अनुसार गत फेब्रुअरी २५ का दिन अम्बानीको घरबाहिर दुइटा गाडी पुगेका थिए– स्कार्पियो र इनोभा।
स्कार्पियोका चालक आफ्नो गाडी त्यहीँ छाडेर इनोभा कारमा फरार भएका थिए।
सीसीटीभ फुटेज हेरेर पत्ता लागेको त्यो भगुवा कार राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को कार्यालयमा ल्याइएको थियो।
अनुसन्धान गर्दा त्यो कार मुम्बई प्रहरीकै अर्थात् अपराध शाखाको भएको खुलासा भएको हो।
याे पनि : मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ भेटिएको काण्ड : प्रहरी अधिकारी नै गिरफ्तार

प्रतिक्रिया