समाज


सिन्धुलीको कमलामाईमा बोलेरो दुर्घटना, चार जनाको मृत्यु, ७ घाइते

सिन्धुलीको कमलामाईमा बोलेरो  दुर्घटना, चार जनाको मृत्यु, ७ घाइते

नेपालखबर
चैत ३, २०७७ मंगलबार १३:१४,

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

मंगलबार दिउँसो सिन्धुलीमाडीबाट बाँसकटेरीतर्फ गइरहेको बोलेरो जिप कमलामाई नगरपालिका–७, करमडाँडामा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) आभूषण तिमिल्सिनाले दुर्घटनामा चार जनाको मृत्यु भएको बताए। उनका अनुसार जिपमा ११ जना सवार थिए।

एसपी तिमिल्सिनाका अनुसार मृत्यु हुनेहरुमा कमलामाई नगरपालिका ४ बाँसकटेरीका अन्दाजी ६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता स्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र उनका २ वर्षीय छोरा मनिष श्रेष्ठ रहेका छन्।

त्यस्तै दुर्घटनामा बलेरोका चालक भोजविक्रम थापा गम्भीर घाइते भएको र उनलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ लगिएको उनले बताए।

त्यस्तै दुर्घटनामा कमलामाई नगरपालिका ४ बाँसकटीका २७ वर्षीय धनबहादुर श्रेष्ठ, २२ वर्षीया कविता श्रेष्ठ, २० वर्षीया शान्तिमाया थिङ, ५० वर्षीया सुनमाया थिङ, ३० वर्षीया सुकमाया थिङ, २८ वर्षीय बिनिता श्रेष्ठ र उनका डेढ वर्षका छोरा पनि घाइते भएका छन्।

गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad