काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा सचिव (अधिकृत छैठौं तह) भरतकुमार पोखरेल घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडासचिव पोखरेललाई चार लाख अतिरिक्त रकमसहित बिहीबार नियन्त्रणमा लिएको हो।
निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आयोगको टंगालबाट खटिई गएको टोलीले पोखरेललाई सेवाग्राहीबाट सो रकम लिइसकेको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
वडासचिव पोखरेलमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया