समाज


राति एकल महिलाको कोठामा प्रवेश गर्ने युवाको गाउँलेको कुटाइबाट मृत्यु, पाँच जना पक्राउ

राति एकल महिलाको कोठामा प्रवेश गर्ने युवाको गाउँलेको कुटाइबाट मृत्यु, पाँच जना पक्राउ

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ३:२,

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय पाँच जनालाई नियन्त्रणमा लिएको छ।

यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि बाहिर लैजाने क्रममा चैत ३ गते मृत्यु भएको थियो। उनको मृत्यु भएपछि प्रहरीले चार महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको हो।

राति घरमा सुतिरहेकी ३४ वर्षीया एक महिलाको कोठामा प्रवेश गरेर अभद्र व्यवहार गर्न खोजेको भन्दै राईमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए।

पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको र उनीहरुको बयानपछि मात्र घटनाका बारेमा वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad