शुक्रबार एअर फोर्स वान विमानमा चढेर बाइडेन वासिङ्टनबाट एटलान्टा जानुपर्ने थियो।
सो क्रममा उनी विमानको भर्याङमा १० पाइला चाल्नासाथ दुईपटक लडेका थिए।
ह्वाइट हाउसकी प्रवक्ता केट बिडिंगफिल्डका अनुसार हावा निकै जोडसँग चलिरहेका कारण बाइडेन अनियन्त्रित भएका थिए।
उनले बाइडेनको स्वास्थ्य अवस्था पनि शत प्रतिशत राम्रो भएको बताएकी छिन्।
भिडिओमा देखिएअनुसा बाइडेन दुईपटक लडेर पनि उठ्छन् र विमानमाथि पुगेर सेनाहरुलाई सल्युट गर्छन्।
७८ वर्षका बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा पाको उमेरमा राष्ट्रपति बनेका व्यक्ति हुन्।
(भिडिओ)

प्रतिक्रिया