झापाको दमक नगरपालिका ६ नयाँ सब्जीमण्डीमा घर भाडामा लिएर युवतीहरुलाई वेस्यावृतिमा लगाएको आरोपमा दुई महिला पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाले विशेष सूचनाका आधारमा उनीहरुलाइृ पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका ३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र ईलाम चुलाचुली गाउँपालिका ४ की ३८ वर्षीया बन्ठी भन्ने
नन्दिता साँवा लिम्बु रहेका छन्।
उनीहरुले दमक बजारमा कामको खोजीमा आउने बिभिन्न उमेर समूहका युवतीहरुलाई सोही घरमा राखी वेस्यावृति गराउने गरेको प्रहरीको आरोप छ।
गत चैत ६ गते यो घरबाट १७ देखि ३९ वर्षसम्मका ८ जना महिला तथा युवतीहरु फेला परेका थिए।
उनीहरुसँग सोधपुछ गर्दा वेस्यावृतिमा लगाएको बताएपछि प्रहरीले त्यसमा संलग्नलाई पक्राउ गरेको हो। उर्मिलालाई तत्कालै पक्राउ गरेको प्रहरीले नन्दिकालाई पछि पक्राउ गरेको हो।
दुवै जनाविरुद्ध जिल्ला अदालत झापाबाट म्याद लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले बताए।
अदालतबाट प्रमाणित गराई पीडितहरुलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ।

प्रतिक्रिया