वैज्ञानिकले शरीरको तौल घटाउने नयाँ तरिका बताएका छन्।
नयाँ अनुसन्धानका अनुसार तपाईं आफ्नो वजन घटाउन चाहनुहुन्छ भने खाना बिस्तारै-बिस्तारै चपाएर खाने बानी बसाल्नुस्। ब्रिस्टल र रोहेम्प्टन विश्वविद्यालयले गरेको अनुसन्धानले यस्तो दाबी गरेको हो।
अनुसन्धानअनुसार जसले खाना छिटो-छिटो खान्छ, उसको तौल बढी हुने जोखिम ज्यादै हुन्छ।
८०० जनामा अनुसन्धान
अनुसन्धानकर्ताले आफ्नो अनुसन्धानमा खाना खाने गति र शरीरको तौलबीचको सम्बन्धबारे वर्णन गरेका छन्। ८०० बच्चा एवं वयस्क व्यक्तिमा गरिएको अनुसन्धान भन्छ– जसले खाना हतार-हतार खान्छ, उसको कम्मरको मोटाइ र मांसपेशी बढ्छ।
खाना खाने गति घटाउन जरुरी
अनुसन्धानकर्ता डाक्टर गिब्सन भन्छन्, ‘हाम्रो अनुसन्धानले भन्छ– बच्चा तथा वयस्क व्यक्तिले आफ्नो खानाको गुणस्तर तथा खाने शैली पनि बदल्न जरुरी छ। खाना खाने गति घटाउने हो भने कम्मरको मोटाइ रोक्न सकिन्छ।
६७ प्रतिशत पुरुष र ६० प्रतिशत महिलामा मोटोपन
बेलायतमा ४ देखि ५ वर्षसम्मका हरेक १० बच्चामध्ये एक जनामा मोटोपनको समस्या छ। त्यस्तै १० देखि ११ वर्षसम्मका हरेक ५ बच्चामा एक जना मोटोपनबाट पीडित छन्। बेलायत हेल्थ एजेन्सीका अनुसार ६७ प्रतिशत पुरुष र ६० प्रतिशत महिला मोटोपनको समस्याले पीडित छन्। एजेन्सी
Shares

प्रतिक्रिया