मकवानपुरको भीमफेदी गाउँपालिकामा आज बिहान आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीमफेदी वडा नम्बर–३ पारीपाखाको जंगलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको हो।
प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा उनकी श्रीमती हस्तमायाको मृत्यु भएको हो।
आगलागीमा परेर उनको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौंडा अस्पताल पठाइएको बताइएको छ। रासस

प्रतिक्रिया