काठमाडौं र नेपालका पूर्वी भेगमा भूकम्पकाे धक्का महशुस भएकाे छ।
केहि बेरअघि सिक्किमलाई केन्द्रबिन्दू बनाएर गएको भूकम्पको धक्का नेपालका पूर्वी क्षेत्र र काठमाडौंसम्म महशुस भएको हो।
भारतीय सञ्चारमाध्यमहरुले नेपाल र भारतको सिक्किमको सीमाक्षेत्रलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको बताएका छन्।
नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतको बिन्नादुरी भन्ने ठाउँलाई केन्द्रबिन्दू बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको सो केन्द्रका लोकविजय अधिकारीले नेपालखबरलाई बताए।
भारतीय सञ्चारमाध्यम एएनआईले भने त्यहाँको राष्ट्रिय भूकम्प केन्द्रलाई उद्धृत गर्दै नेपाल र सिक्किमको सीमामा ५.४ रिक्टर स्केलको भूकम्प गएको जनाएको छ।

3
Shares

प्रतिक्रिया