बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले एक करोड ठगी आरोपी बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ घर भइ हाल काठमाडौंको बखुण्डोल बस्ने वर्ष ३५ का महेश्वर घिमिरेलाई पक्राउ गरेको हो।
पाटन उच्च अदालतबाट गत माघ १२ गते पक्राउ पुर्जी जारी गरिएका घिमिरे फरार रहँदै आएका थिए। उनलाई बिहीबार टोखाबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि परि सर टेकु पठाइएको छ।

प्रतिक्रिया