कञ्चनपुरमा डाँका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले २७ वर्षपछि शुक्रबार पक्राउ गरेको छ।
कञ्चनपुर जिल्ला अदालतले २०५० असार ३ गते गरेको फैसलाअनुसार ६ वर्ष कैद र ६२ हजार ४१५ जरिवाना रुपैयाँ भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका सुनारलाई अदालतमा पेस गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर) का प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।
नेपाल–भारत सीमा क्षेत्रमा भारतीयको सहयोग लिई विसं २०३२ देखि सुनार विभिन्न डकैतीका घटनामा संलग्न भइरहेका थिए।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार सुनार विसं २०४४, विसं २०४८ र विसं २०५० का डकैतीका बारदातमा संलग्न थिए। सुनार डकैतीमा संलग्न नाइके थिए। रासस
Shares

प्रतिक्रिया