समाज


विद्यालयबाट फर्कँदै गरेका १३ वर्षीय बालकको ट्याक्टरको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्कँदै गरेका १३ वर्षीय बालकको ट्याक्टरको ठक्करबाट मृत्यु

नेपालखबर
चैत ३१, २०७७ मंगलबार ६:३१,

गोरखाको सहिद लखन गाउँपालिका–९ नाम्जुङमा मंगलबार ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए।

घैरुङबाट नाम्जुङतर्फ जाँदै गरेको ग१त ४५८२ नंको ट्याक्टरले छेलाङे चोकनजिकै बिहानी कक्षा पढेर घर फर्कँदै गरेका बालक ढकाललाई ठक्कर दिँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिए।

घटनास्थल विद्यालयबाट करिब १०० मिटरको दूरीमा रहेको उनको भनाइ छ।

घटनाको जानकारी पाएलगत्तै बंकोट प्रहरी चौकीबाट गएको प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad