गुल्मीमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
गुल्मीको मदाने गाउँपालिका १ अग्लुङका सन्जिब विकका ५ वर्षीय छोरा सुमन र प्युठानको गौमुखी गाउँपालिका ५ की विष्णु विकका ८ वर्षीय छोरा गोबिन्दको मृत्यु भएको हो।
उनीहरु सोमबार भारतबाट फर्किएर गुल्मीको मदाने ३ सिर्सेनेस्थीत मामाघरमा बसेका थिए।
मंगलबार पनाहाखोलाको ढाडको रह भन्ने स्थानमा नुहाउने क्रममा पानीमा डुबि बेहोस अवस्थामा आफन्तले फेला पारेका थिए। उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्कोटदह लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवैको शव सोही स्वास्थ्य चौकिमा राखिएको प्रहरी हवल्दार दीपक वनले जानकारी दिए।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षकको कमाण्डमा तीन जनाको टोली घटनास्थल पुगेको छ।

प्रतिक्रिया