भारतमा पछिल्लो २४ घण्टामा २ लाखभन्दा बढी जना कोरोना संक्रमित थपिएका छन्।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप २ लाख ७३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यस अवधिमा कोरोना संक्रमणबाट १ हजार ३८ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार योसमेत भारतमा कोरोनाबाट संक्रमण हुने व्यक्तिको कूल संख्या १४ लाख ७० हजार नाघेको छ भने मृत्युको संख्या १ लाख ७३ हजार १२३ पुगेको छ।

प्रतिक्रिया