समाज


हतियारसहित ससुराली पुगेका मन्सुरी पक्राउ

हतियारसहित ससुराली पुगेका मन्सुरी पक्राउ

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ६:४३,

हतियारसहित ससुराली गएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सप्तरी कञ्चनरुप नगरपालिका १ का जमाल भन्ने तालिम मन्सुरीलाई कटुवा पेस्तोल र २ राउण्ड गोली सहित सुनसरी प्रहरीले पक्राउ गरेको हो।

मन्सुरी हतियार सहित ससुराली घर सुनसरी कोशी गाउँपालिका ४ जुद्दगन्ज पुगेको गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट शिवालय कटानवाट खटिएको प्रहरी टोली उनलाई पक्राउ गरेको छ।

तालिम मन्सुरीको शरीर खानतलासी लिने क्रममा उनको पछाडि कम्बरको भागमा पाइन्टले च्यापी बोकेको अवस्थामा कटुवा पेस्तोल र गोली बरामद गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए।

यसैबीच, नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका-५ रामनगरबाट १ थान पेस्तोल, सोही पेस्तोलमा लोड भएको १ राउण्ड गोली, नगद ४ हजार १ सय ५० रुपैयाँ र १ थान मोबाइल सहित सोही गाउँपालिका-५ तरेनी बस्ने २२ वर्षीय सुनिल भेडियार पाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५७ एजेड ५०१९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक सुनिललाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad