झापा दमक नगरपालिका ६ नमुना मार्गस्थितबाट प्रहरीले ब्राउन सुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पञ्चायतका २६ वर्षीय सिद्धिक आलम रहेका छन्।
आइतबार दिउँसो साँढे १ बजे प्रहरीले जाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर २९ ग्राम १६० मिलिग्राम फेला पारी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
पक्राउ परेका भारतीयउपर थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ।

प्रतिक्रिया