समाज


बृहत शब्दकोश ‘चिकित्सा शब्दसागर’को लोकार्पण

बृहत शब्दकोश ‘चिकित्सा शब्दसागर’को लोकार्पण

नेपालखबर
बैशाख ८, २०७८ बुधबार १४:२४,

‘डिक्सनरी अफ मेडिकल, नर्सिङ एण्ड एलाइड हेल्थ’ (चिकित्सा शब्दसागर) नामक बृहत शब्दकोशको लोकार्पण गरिएको छ।

बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र विभागका डीन प्राडा. दिव्या सिंह, काठमाडौँ विश्वविद्यालय चिकित्साशास्त्र विभागका डीन प्राडा. राजेन्द्र कोजु, नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा. गोमादेवी निरौला, तथा नेपाल स्वाथ्य व्यवसायी परिषद्का अध्यक्ष डा. मोहनकृष्ण श्रेष्ठबाट चिकित्सा शब्दसागरको लोकार्पण गरिएको हो।

पुस्तकलाई विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दाहाल, डा. कमल शर्मा लम्साल र डा. विपिन नेपालले संयुक्त रूपमा सम्पादन गरेका हुन्।

कार्यक्रममा सम्पादक विनयकुमार शर्मा र प्राडा. लक्ष्मण गौतमले पुस्तकको बारेमा प्रकाश पारेका थिए।

१९२० पेजको पुस्तकमा १७७६ पृष्ठ पाठ्य सामग्री तथा १२८ पेज रङ्गीन चिकित्सासम्बन्धी चित्रहरूको एट्लस रहेको छ।

पुस्तक चिकित्सासम्बन्धी क्षेत्रमा कार्यरत, अध्ययनरत डाक्टर, नर्स, अस्पताल, कलेजका साथै प्रशासन, अदालत, प्रहरीलाई उपयोगी हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .