समाज


कोरोनाकालमा यी ४ पेय पदार्थबाट टाढै बस्नुस्, जसले घटाउन सक्छन् भाइरससँग लड्ने शक्ति: विज्ञ

कोरोनाकालमा यी ४ पेय पदार्थबाट टाढै बस्नुस्, जसले घटाउन सक्छन् भाइरससँग लड्ने शक्ति: विज्ञ

नेपालखबर
बैशाख ८, २०७८ बुधबार १४:१८,

गत वर्ष अक्टोबर–नोभेम्बरमा जब कोरोना संक्रमण हुने क्रम घट्न थाल्यो, तब धेरैजसो मानिसले आफ्नो रोग प्रतिरोधात्मक शक्ति (इम्युनिटी) मा ध्यान दिन लगभग छाडे। त्यसभन्दा अघि भने मानिसले आफ्नो इम्युनिटी बढाउने विषयमा निकै ध्यान दिइरहेका थिए।

अहिले फेरि कोरोना संक्रमण व्यापक हुन थालेपछि मानिसले आफ्नो इम्युनिटीमा ध्यान दिन थालेका छन् र यो शक्ति बढाउन भनेर थरीथरीका पेय पदार्थ सेवन गर्न सुरु गरेका छन्।

तर यसो गर्दैमा इम्युनिटी बढ्न नसक्ने बरु कतिपय पेय पदार्थले उल्टो घटाउने चेतावनी विज्ञले दिएका छन्।

यसै सन्दर्भमा भारतस्थित उजाला सिग्नस हस्पिटलका फिजिसियन डाक्टर परवेश मलिकले यो कोरोनाकालमा पिउन नहुने चार पेय पदार्थका विषयमा बताएका छन्। भारतीय पत्रिका अमर उजालामा प्रकाशित उनका सुझाव हाम्रा लागि पनि उपयोगी हुने भएकाले यहाँ प्रस्तुत गरिएको हो–

१. सोडापानी सेवन नगर्नुस्
धेरैलाई थाहा छैन, सोडापानीको सेवनले शरीरलाई हानि पुर्‍याउँछ। यसको नियमित सेवनले पाचन प्रणाली बिगार्न सक्छ भने कलेजो र आन्द्रालाई पनि असर पार्छ। यसकारण यसबाट टाढै बसेको राम्रो।

२. रक्सीले घटाउन सक्छ इम्युनिटी
कोरोना भाइरससँग युद्ध गर्नुपर्ने बेला रक्सी खाँदा हानि हुन्छ। दैनिक अल्कोहल (रक्सी) पिउँदा इम्युनिटी घट्न सक्ने सम्भावना धेरै हुन्छ। साथै यसले शरीरमा अन्य समस्या पनि निम्त्याउँछ। यसकारण अल्कोहल नखानु नै अति राम्रो।

३. कफीले पनि कम गराउन सक्छ इम्युनिटी
बिहान–बिहान सायद तपाईंलाई कफी पिउन मनपर्छ। भलै यसले तपाईंलाई ताजा महसुस गराउन सक्छ। तर यसमा क्याफिन हुन्छ, जसको अधिक सेवनले शरीरमा हानि पनि पुर्‍याउन सक्छ। जसले इम्युनिटी पावर कमजोर पार्न सक्छ। यसकारण कफी सकेसम्म कम गर्नुस्। सम्भव छ भने यसबारे चिकित्सकसँग सल्लाह लिनुस्।

४. चियाले पनि इम्युनिटी बनाउन सक्छ कमजोर
तपाईंलाई थाहा नहुन सक्छ, कफीजस्तै चिया पनि क्याफिनयुक्त पेय पदार्थ हो, जसको अधिक सेवनले शरीरमा हानि पुग्छ। यसकारण इम्युनिटी बलियो बनाउन चाहनुहुन्छ भने सबैभन्दा राम्रो चिया कम गर्नु हो।

(डाक्टर मलिकले हरियाणास्थित महर्षि मार्कण्डेश्वर इन्स्टिच्युट अफ हेल्थ साइन्सेज एन्ड रिसर्च मुल्लानाबाट एमबीबीएस पूरा गरेका हुन्। उनले जनरल मेडिसिनमा एमडी पनि गरेका छन्। पानीपतस्थित उजाला सिग्नस महाराजा अग्रसेन अस्पतालमा काम गर्नुअघि उनी एमएम इन्स्टिच्युट अफ मेडिकल साइन्सेज एन्ड रिसर्च महर्षि मार्कण्डेश्वर युनिभर्सिटीमा जुनियर रेजिडेन्ट थिए।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad