गएको २४ घण्टामा नेपालमा थप २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार एक नमुनको पीसीआर तथा ४४७ एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा कोरोना संक्रमित भेटिएका हुन्।
आज थप ८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ। गएको २४ घण्टामा तीन जनाको मृत्यु भएको थियो भने २४ घण्टाभित्र पाँच जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ११७ पुगेको छ।
नेपालमा हालसम्म २३ लाख ७९ हजार ४०२ जनाको परीक्षण गरिएकोमा दुई लाख ९२ हजार १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया