समाज


मोरङमा शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागी मृत्यु

मोरङमा शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागी मृत्यु

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ५:५९,

मोरङ केराबारी गाउँपालिका ३ का ३२ वर्षीय हस्तबहादुर राई शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको खुलेको छ।

यही वैशाख ८ गते साँझ उनी सोही स्थानमा रहेको बाँसघारी खोप सरकारी राष्ट्रिय वन जंगलमा सोही स्थानका ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बुसँग शिकार खेल्न गएका थिए।

वैशाख ९ गते दिउँसो गजेन्द्र र रुबिनले हस्त बहादुरको शिकार खेल्ने क्रममा आफैँले चलाएको गोली लागी मृत्यु भएको भनी प्रहरीलाई खबर गरे।

लगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरी टोली खटिएको टोलीले घटनास्थलबाट १ थान भरुवा बन्दुक फेला पारेको थियो।

घटना सम्बन्धमा थप बुझ्न इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिएकोमा गजेन्द्र र रुबिनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो।

अनुसन्धानको क्रममा वैशाख ८ गते रातको ९ बजे गजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागी हस्त बहादुर राईको घटनास्थलमा मृत्यु भएको खुल्न आएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

पक्राउ परेकाउपर ज्यानसम्बन्धी कसुर र हातहतियार खरखजाना कसुरमा म्यादथप गरी थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad