समाज


उपत्यका प्रवेश गर्ने सीमानाका बन्द गर्ने निर्णय

उपत्यका प्रवेश गर्ने सीमानाका बन्द गर्ने निर्णय

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ११:२७,

सरकारले उपत्यका प्रवेशमा रोक लगाउने भएको छ।

उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै सीमानाकामा अत्यावश्यकबाहेकका सवारीसाधनलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

राजधानीमा समेत अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालन हुन नपाउने भएकाले उपत्यका आवतजावत ठप्प पार्न लागिएको हो।

उपत्यका प्रवेशमा रोक लगाउने १५ गतेदेखि कि १६ गतेदेखि भन्नेबारे निर्णयका लागि अहिले जिप्रकामा छलफल भइरहेको उनले बताए।

अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जारी तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यसलाई अन्तिम रुप दिने तयारी गरेको छ।

एम्बुलेन्स, स्वास्थ्य सामग्री, खाद्य ढुवानी र सञ्चारका साधान बाहेक अन्य यातायात सञ्चालन गर्न नदिने भएको हो। यस्तै बजार पसल समेत अतिआवश्यक बाहेकका चल्न नपाउने भएका छन्।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि ५ सय बढी संक्रमण देखिएका ठाउँमा लकडाउन गर्न सक्ने अधिकारी दिएसँगै प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकामा थप कडाइ गर्न लागेका हुन्।

दुई दिन उपत्यका आवतजावत गर्न समय दिने र अनि ठप्प पार्ने प्रशासनको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad