समाज


कर्णालीबाट भेरी अस्पताल पुग्यो डाक्टरको टोली

कर्णालीबाट भेरी अस्पताल पुग्यो डाक्टरको टोली

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ८:४६,

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकसहितको टोली नेपालगन्ज पुगेको छ।

नेपालगन्जमा स्वास्थ्यकर्मीको अभाव भएपछि स्वाश्स्थ्य मन्त्रालयको निर्देशनमा कर्णालीबाट थप जनशक्ति गएको हो ।

नेपालगन्ज पुगेको टोली आइतबार बाटै भेरी अस्पतालको कोभिड वार्डमा खटिने भएको छ।

प्रतिष्ठानका एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा. प्रविण गिरी सहित चिकित्सक तथा स्वास्थ्यकर्मी गरी ६ जनाको टोली नेपालगन्ज पुगेको छ।

टोलीमा डा. गिरीसँगै डा. अरुण श्रेष्ठ, डा. हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा रहेका छन्।

भेरी अस्पतालमा कोरोनाका बिरामीको चाप बढेको छ। तर त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु नै संक्रमित भएपछि उपचारमा समस्या भएको छ।

त्यहाँ थप ८० जना स्वास्थ्यकर्मी भर्नाको प्रक्रिया पनि अगाडी बढाइएको भेरीका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad