समाज


चट्याङ लागेर ३ जनाको मृत्यु, ५ घाइते

चट्याङ लागेर ३ जनाको मृत्यु, ५ घाइते

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ९:२५,

गएको २४ घण्टामा चट्याङबाट तीन जनाको ज्यान गएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न भागमा चट्याङ पर्दा पाँच जना घाइते भएका छन्।

पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–१ कचल मुहान टोलस्थित एक घरमा अचानक चट्याङ परी ३ जना घाइते भएकोमा १ पुरुषको मेडिकल कलेज प्रभासमा मृत्यु भएको छ।

यस्तै, रोल्पाको रुन्टिगढी गाउँपालिका–९ पलासेनीस्थित घर नजिकै रहेको आफ्नै बारीको डिलमा काफल खान गएको अवस्थामा चट्याङ लागि वर्ष १२ कि बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने वर्ष १३ कि अर्की बालिकाको बायाँ खुट्टा जली घाइते भएकी छन्।

यता, सुनसरीको गढी गाउँपालिका–२ औरावनी झोडास्थित खेतमा अबिरल वर्षासँगै परेको चट्याङ लागेर भैँसी चराउन गएका वर्ष ६० का १ पुरुषको मृत्यु भएको छ।

यस्तै, दैलेख नारायण नगरपालिका–६ बस्ने बर्ष ४८ का १ पुरुष र उनकी ४५ वर्षीय श्रीमती घाइते भएका छन्।

प्राधिकरणका अनुसार ओखलढुङ्गा, कैलाली र उदयपुरका दुई स्थानमा चट्याङले क्षति पुगेको छ।

आगलागीबाट दुई घाइते
पाल्पाको रामपुर नगरपालिका–१ उमिडाँडा बस्ने वर्ष ७१ कि महिला घरमा खाना बनाउने क्रममा चुलो नजिकै राखेको पेट्रोलको बोतलमा अचानक आगो सल्कन जाँदा घाइते भएकी छन् भने उनका १५ वर्षीय नातीसमेत घाइते भएका छन्।

गएको २४ घण्टामा सिन्धुली, सप्तरी, ताप्लेजुङ्ग, अर्घाखाँची, धनुषा, सुनसरी, सर्लाही, कास्की, झापा र पर्सामा आगलागीका कारण क्षति पुगेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad