समाज


इजरायलको हवाई आक्रमणमा महिला र बालबालिकासहित ४२ प्यालेस्टाइनीको मृत्यु

इजरायलको हवाई आक्रमणमा महिला र बालबालिकासहित ४२ प्यालेस्टाइनीको मृत्यु

नेपालखबर
जेठ ३, २०७८ सोमबार ७:८,

गाजास्थित प्यालेस्टिनी अधिकारीहरूका अनुसार एक साताअगाडि इजरायलसँग लडाइँ सुरु भएयता आइतबार सबैभन्दा घातक दिन रह्यो।

इजरालको आक्रमणमा १६ महिला र १० बालबालिकासहित ४२ को मृत्यु भएको बीबीसीले जनाएको छ।

यससँगै हालसम्म प्यालेस्टाइनको गाजामा कुल १९७ जनाको ज्यान गएको छ जसमा ५८ बालबालिका तथा ३४ महिला छन्।

बाह्र सय जनाभन्दा धेरै घाइते भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायलका अनुसार दर्जनौँ हमास विद्रोहीहरू मारिएका छन्।

यस्तै इजरायलतर्फ पनि १० भन्दा बढीको ज्यान गएको छ। इजरायली सेनाका अनुसार प्यालेस्टिनी विद्रोहीहरूले गएको एक सातामा तीन हजारभन्दा धेरै रकेट प्रहार गरेका छन्।

यसबीचमा गाजास्थित प्यालेस्टिनी हमास लडाकुहरूविरुद्ध इजरेलको सैनिक कारबाही ‘पूर्ण शक्ति’का साथ जारी रहने इजरेली प्रधानमन्त्री बेन्जामित नेतान्याहुले बताएका छन्।

शान्ति बहाली गर्न जति समय आवश्यक हुन्छ त्यति समयसम्म कारबाही जारी राख्ने उनले चेतावनी दिएका छन्।

यसैबीच सोमबार पनि इजरायली सेनाले गाजामा ८० पटक हवाई आक्रमण गरेका छन्। सोमबार बिहानै हमासले दक्षिण इजरायलमा रकेट हानेपछि जवाफी कारवाही गरिएको थियो।

याे पनि: प्यालेस्टाइन र इजरेलको आकाशभर रकेट बमकाे वर्षा, ७४ को मृत्यु (फोटो/भिडिओ)

सुरक्षा कवच ‘आइरन डोम’ जसले इजरेललाई हमासको सयौं रकेटबाट बचायो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad