समाज


धौलीगंगा बाँधको ढोका खोल्ने तयारी, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

धौलीगंगा बाँधको ढोका खोल्ने तयारी, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नेपालखबर
जेठ ६, २०७८ बिहिबार १३:२८,

भारतले धौलीगंगा नदीमा पानीको सतह बढेको भन्दै बाँधको ढोका खोल्ने भएको छ। त्यसले महाकालीमा पानीको बहाव बढ्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जुनसुकै बेला महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै ब्याँस गाउँपालिका धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म नदी किनारका बासिन्दालाई पूर्वसर्तकता अपनाउन आग्रह गरेको छ।

दार्चुला प्रशासनले ‘वर्षाका कारण नदीको जलस्तरमा वृद्धि भइ बाँधको पानी खाली गर्ने प्रयोजनका लागि उक्त बाँधको ढोका खोलिने भनि एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, धार्चुला, पिथौरागढ भारत पक्षबाट पत्राचार भएको’ जानकारी दिएको छ।

महाकालीमा पानीको बहाव बढेमा कञ्चनपुरसम्म नदी तटीय क्षेत्रमा प्रभाव पार्न सक्छ।

darchula2-6.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad