स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले आगामी चार हप्तापछि कोरोना संक्रमण दर घट्दै जाने अनुमान गरिएको बताएका छन्।
सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले अहिले दैनिक सरदर ८ हजार ३ सय जनामा संक्रमण भेटिएको बताउँदै चार हप्तापछि यो दर घट्ने बताएका हुन्।
निषेधाज्ञाका बाबजुद कतिपय सेवाहरु सूचारु भइरहेको अवस्थामा संक्रमण अपेक्षाकृत नियन्त्रणमा नआएको मन्त्री त्रिपाठीले बताए।
मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा १ लाख १५ हजार ५४७ सक्रिय संक्रमित रहेका छन्। १ हजार ७२१ जना आईसीयूमा उपचाररत रहेकोमा ४२४ जना भेन्टिलेटरमा छन् ।
मन्त्री त्रिपाठीका अनुसार अहिले देशभर १५७ सरकारी र ४५ वटा निजी अस्पतालमा कोरोना संक्रमितको निशुल्क उपचार भइरहेको छ
3
Shares

प्रतिक्रिया