युनिलिभर नेपालको ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंशका रूपमा ‘सफा हिमाल सफाइ अभियान-२०२१’ मा नेपाली सेनासँग हातेमालो गरेको छ।
फोहरमुक्त विश्वको लागि चक्रीय आर्थिक प्रणालीका दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको जनाएको छ। जथाभावी फोहर फालिँदा त्यो वन्यजन्तुहरूको असमायिक मृत्युको कारक बनिरहेकोे छ, त्यसले हिमालहरूको सुन्दरतालाई नष्ट पारिरहेको छ साथै हाम्रो विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको छ।
नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई बधाइ दिए।
‘सफा हिमाल अभियानलाई सहयोगका लागि म युनिलिभर नेपाललाई धन्यवाद दिन चाहन्छु। हिमालय श्रृङ्खला सफा राख्ने यो पहलबाट तपाईंहरूले सबै नेपालीको मनलाई छुनु भएको छ,’ सहायक रथी खड्काले भने।
कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले पठाएको सन्देशमा भनिएको छ, ‘प्राकृतिक संसार हराउँदै गएको छ र यो डरलाग्दो दरले क्षतिग्रस्त हुँदै गएको छ र यो अवस्थालाई उल्ट्याउनका लागि युनिलिभर नेपालले धौलागिरि हिमाल सफा गर्नुभन्दा राम्रो मुद्दा अर्को हुन सक्दैन अनि यसका लागि सबैभन्दा विश्वासिलो साझेदार नेपाली सेना नै हो।’
उक्त अभियानअन्तर्गत धौलागिरी हिमालबाट ५ हजार २० किलो फोहोर संकलन गरिएकोमध्ये सड्ने–कुहिने ३०० किलो फोहोर धौलागिरी गाउँपालिकालाई बुझाइएको थियो भने नकुहिने ४ हजार ७२० किलो फोहर पुनर्प्रशोधन (रिसाइकल) गरि व्यवस्थापन गर्ने प्रयोजनको लागि हस्तान्तरण गरिएको छ।
‘युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध छ। प्लास्टिकको प्याकेजिङयुक्त फोहरको सम्बोधनका लागि कडा मेहनत गर्ने यसले उद्देश्य राखेको छ, विशेष गरी साझेदारी र सहयोगको माध्यमबाट जसले यसका कार्यसञ्चालनहरूभन्दा पर रहेर परिवर्तनलाई हाँक्दछन्। अन्तिम उद्देश्य फोहोर व्यवस्थापनको लागि चक्रिय आर्थिक प्रणाली सिर्जना गर्नु हो’ युनिलिभरले भनेको छ।
‘हामी विश्वलाई सबैका लागि उत्तम दिगो स्थान बनाउन प्रतिबद्ध छौं र आउँदा दिनहरूमा यस्ता कार्यक्रमहरूमा निरन्तर सहभागी हुनेछौं,’ मुखर्जीले भने।
Shares

प्रतिक्रिया