ad ad

समाज


सुदूरपश्चिममा संक्रमित हुने भन्दा निको हुने धेरै

सुदूरपश्चिममा संक्रमित हुने भन्दा निको हुने धेरै

नेपालखबर
जेठ २०, २०७८ बिहिबार १३:३१,

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४घण्टामा कोरोना संक्रमित हुनेभन्दा निको हुने संख्यामा वृद्धि भएको छ। सो अबधिमा एक हजार ३२८ संक्रमित घर फर्किएका छन् भने ३२८ संक्रमित थपिएका छन्।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार प्रदेशमा आज कैलाली, कञ्चनपुर र बझाङ जिल्लाका गरी चार सङ्क्रमितको मृत्यु भएको छ।

यो समेत हालसम्म मृतकका संख्या ५१६ जना पुगेको छ । प्रदेशको जनसंख्या २५लाख ५२ हजार ५१७ मध्ये आजसम्म दुई लाख ३४हजार ६३२जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ।

प्रदेशका विभिन्न १२अस्पतालका भेन्टिलेटरमा आठ, सघन उपचार कक्षमा १४ र कोभिड वार्डमा ३६ बिरामी उपचाररत् छन्। कोरोना भाइरसका सक्रिय संक्रमित पछिल्ला दिनमा घट्दै गएका छन्। एक हप्ता अघिसम्म प्रदेशमा दश हजार ५२ जना सक्रिय संक्रमित रहेकोमा आज यो संख्या घटेर पाँच हजार २७३पुगेको छ।

दोस्रो लहरको कारोना भाइरस फैलिदेखि यही जेठ ७ गते एकै दिन प्रदेशमा सबै भन्दा बढी ९८४ नयाँ संक्रमित थपिएका थिए। साथै सबै भन्दा बढी ३१ जना संक्रमितको मृत्यु भएको थियो। यसै बीच कैलाली जिल्लामा स्थानीय प्रशासनद्वा जारी निषेधाज्ञाको अबधि यही जेठ ३१ सम्म थपिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .