रौतहट प्रहरीले स्रोत नखुलेको ३० लाख ७६ हजार नेपाली रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बुधबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा परोहा नगरपालिका ९ रामपुरखापस्थित नेपाल भारत सीमा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौटहटले जनाएको छ।
पक्राउ पर्नेमा भारतको मोतिहारी घोडासहन बस्ने २२ वर्षीय बन्टिकुमार कलवार र २० वर्षीय सुरज कलवार रहेका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिआर ०५ आर ४५२१ जी नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका अवस्थामा जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्। उक्त रकम कस्को हो अनुसन्धानै क्रममा रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया