समाज


कोभिड परीक्षण शिविर : गोरखापछि नारायणकाजी नेतृत्वको टोली सर्लाहीमा

कोभिड परीक्षण शिविर : गोरखापछि नारायणकाजी नेतृत्वको टोली सर्लाहीमा

नेपालखबर
जेठ ३०, २०७८ आइतबार १:४९,

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको टोलीले यतिबेला सर्लाहीका विभिन्न ठाउँमा कोभिड परी़क्षण तथा परामर्श शिविर सञ्चालन गरिरहेको छ।

आफ्नो गृह जिल्ला गोरखाका विभिन्न ठाउँमा कोभिड परीक्षण शिविर सञ्चालन गरेपछि नेता श्रेष्ठ शुक्रबार सर्लाही आइपुगेका हुन्।

श्रेष्ठको निजी सचिवालय अन्तर्गतको कोभिड भोलेन्टियर सर्भिस टोलीमा एक दर्जन स्वास्थ्यकर्मी र प्राविधिक सहभागी छन्। टोलीले माओवादी केन्द्रको स्थानीय समिति, स्थानीय प्रशासन र स्थानीय तहसँगको समन्वयमा शिविर सञ्चालन गरिरहेको छ।

शनिबार सर्लाहीका तीन ठाउँमा सर्वसाधारणको कोभिड सम्बन्धी एन्टिजेन टेस्ट गरिएको छ। सर्लाहीको बागमती, बरहथवा र हरिवनमा एन्टिजेन टेस्ट शिविर सञ्चालन गरिएको हो।

000Test

आइतबार सर्लाहीकै हरिपुरमा पनि एन्टिजेन टेस्ट र कोभिड परामर्श शिविर सञ्चालन गरिने टोलीमा सहभागी सुरेशकाजी श्रेष्ठले जानकारी दिए। ‘शिविरमा आएका बिरामीलाई हामीले कोभिड टेस्ट गर्नुका साथै निःशुल्क औषधि, सेनिटाइजर र मास्क वितरण गर्नुका साथै कोभिडबाट जोगिन परामर्शसमेत दिने गरेका छौँ,’ श्रेष्ठले भने।

शनिबार बागमतीमा सञ्चालन गरिएको शिविरमा ५८ जनाको एन्टिजेलन परीक्षण गर्दा १४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। हरिवन १० को सुकुम्बासी बस्तीका ४६ जनाको परीक्षण गर्दा ४ जनामा कोभिड देखिएको माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए। बरहथवामा भने ४२ जनाको परीक्षण गर्दा कसैमा पनि कोभिड देखिएन।

198773420 222940512787528 7016147057476268176 n

नेता नारायणकाजी श्रेष्ठले नागरिकलाई कोभिडबाट जोगाउन जनचेतना जागृत गर्ने, उनीहरुको एण्टीजेन परीक्षण गरेर ग्रामिण तहमा कोभिड संक्रमणको वास्तविक अवस्था पत्ता लगाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको जानकारी दिए। पहिलो चरणको यो अभियान सर्लाहीपछि महोत्तरी र चितवनमा पनि सञ्चालन गरिने नारायणकाजीको सचिवालयले जनाएको छ।

नेता श्रेष्ठले शनिबार जिल्ला स्वास्थ्य कार्यालय सर्लाही र जिल्ला अस्पताल, मलंगवाका चिकित्सक र स्वास्थ्यकर्मीसँग पनि जिल्लामा भइरहेको कोभिडको उपचार तथा परीक्षण सम्बन्धी जानकारी लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .