समाज


स्वचालित पेस्तोलसहित एक जना पक्राउ

स्वचालित पेस्तोलसहित एक जना पक्राउ

नेपालखबर
असार ३, २०७८ बिहिबार ९:५७,

उदयपुरमा स्वचालित पेस्तोलसहित एक जना पक्राउ परेका छन्।

त्रियुगा नगरपालिका ३ मोतिगढाका ५० वर्षीय पर्शुराम चौधरीलाई प्रहरीले पेस्तोलसहित बुधबार राति पक्राउ गरेको हो।

मोतिगढास्थित घरमा हतियार लुकाई राखेको सूचनाको आधारमा राति प्रहरीले खानतलासी गरेको थियो।

उनको कोठाबाट अटोमेटिक मेड इन युएसए लेखिएको पेस्तोल एउटा १ र गोली ५ राउण्ड फेला पारेको थियो।

उनको कोठाबाट अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओवादी केन्द्र लेखिएको सदस्यता पत्र ३ थान, अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र ८५ थान फेला पारेको छ।

चौधरीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाईएको उदयपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad